सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)


अर्थतन्त्र । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । नेपाल आयल निगमले आज (साउन १ गते)देखि स्वचालित मूल्य प्रणाली लागू गरी डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । 

विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक साधनमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

पेट्रोलियम पदार्थमा ५ प्रतिशत मूल्य तलमाथि हुँदा सार्वजानिक यातायातको भाडा दर पनि समायोजन गर्नुपर्ने कानुनी व्यवस्था छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस