बलेफी हाइड्रोपावरको हकप्रद संशोधन


बैंक खबर । बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशनको दर बढाएको छ ।

हाइड्रोपावरको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने यसअघिको निर्णय संशोधन गर्दै शत प्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस गरिने बताइएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस