युवा परिषद् र एनबीआईको आयोजनामा तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन हुँदै


बैंक खबर ।  नेपाल सरकार, राष्ट्रिय युवा परिषद् नेपाल र बिजनेस इन्स्टिच्युट  (एनबीआई) को संयुक्त आयोजनामा यहि भदौ ८ गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करण आयोजना हुने भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्सिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्तरुपमा  हस्ताक्षर गरेका छन् । 

युवाहरुलाई उद्यमी वन्न प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति , कार्यक्रम र बजेट युवा उद्यमीमैत्री  बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवं कार्यान्वयनकालागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने आयोजक राष्ट्रिय युवापरिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । सम्मेलनमा ६० जिल्लाका पाँच सय युवा उद्यमीहरु सहभागी हुनेछन् ।

एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरेले तेस्रो संस्करण युवा नवप्रवर्तन र लगानी रसमृद्धि भन्ने मुलनाराका साथ आयोजना हुने वताए । गैरेले कोभिड १९ र पछिल्लो वित्तीय  चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनकालागि सम्मेलन गर्न लागिएको जानकारी दिए । 

सम्मेलनमा युवा उमेरसमुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको  उच्चस्तरीय सञ्जालिकरण हुने वताइएको छ । यसैगरी युवाहरुमा वित्तीय पहुँच , सरकारीनीति, करनीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, रस्टाटअप बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा सिखरसम्मेलन महत्वपूर्ण हुने संयोजक गैरेले बताए ।

सम्मेलनलमा युवा उद्यमशीलताको विकास, प्रवद्र्धन र विस्तारबारे उच्च स्तरको परिसंवाद, अनुभव आदान प्रदान , सफलताका कथा आदन प्रदान , समुहगत छलफल , सफल युवा उद्यमीहरुको प्रस्तुति, कम्पनी दर्ता र उद्यमीकर्जा डेक्समार्फत परामर्श, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौता लगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायको सहभागिता रहनेछ ।

All financial information at your fingeritps.

शेयर गर्नुहोस