सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुग्यो


अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साउन ४ गते (बिहीबार) छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १३ हजार ५० रुपैयाँ कारोबार भइरहेको छ । 

यसअघि जेठ १९ गते सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ थियो । तीन दिनदेखि सुनको मूल्यमा आएको वृद्धिले गर्दा नयाँ रेकर्ड बनेको हो । 

बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस