अर्बौंको सुन तस्करी छानबिन गर्न भन्सार विभागले बनायो छानबिन समिति


अर्थतन्त्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा ठूलो परिमाणमा सुन जफत भएपछि भन्सार विभागले छानविन गर्ने भएको छ । विभागले अनुसन्धान तथा अनुपालन शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । 

समितिले भन्सार जाँचपासमा भएको संलग्नताबारे छानबिन गर्ने बताइएको छ । विभागले भन्सार जाँच्पासमा संलग्न कर्मचारीलाई निलम्बन समेत गरेको छ । 

राजस्व अनुसनधन विभागले बुधबार भन्सार जाँचपास भइसकेको अवस्थामा करिब १०० किलो भन्दा बढी सुन बरामद गरेको थियो । विभागले हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेकसुमा राखेर उक्त सुन ल्याइएको जनाएको छ ।

सुन तस्करीको यो प्रकरणमा अहिलेसम्म ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ ।

अहिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास क्षेत्रलाई राजस्व अनुसन्धान विभागले सिल गरेर अनुसन्धान गरिरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस