कुथेली बुखरीको आईपीओ बाँडफाँट, १० हजार ११५ जनाले पाए शेयर


बैंक खबर । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार (साउन ७ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँट भएको हो । 

कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका एक लाख एक हजार एक सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनीको शेयरमा कुल १० लाख ४८ हजार चार सय ६८ जनाले आवेदन दिएका थिए । यसमध्ये १० लाख ४७ हजार तीन सय पाँच वटा आवेदन स्वीकृत भएको थियो । 

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर बाँडफाँट भएकाले १० हजार एक सय १५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यसमध्ये भाग्यमानी एक जनाले थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस