लघुवित्तहरुलाई मर्जर तथा प्राप्तिमा जान प्रोत्साहन


बैंक खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्रप्तिका लागि प्रोत्साहन गरेको छ । मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तिमा जाने लघुवित्त संस्थाहरुलाई विद्यमान सुविधा कायमै राख्ने भनेको छ ।

मौद्रिक नीतिले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने नीति लिएको छ । 

लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनले दिएको सुझावलाई क्रमशः कार्यान्वयनमा लैजाने भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस