मेरो माइक्रोफाइनान्सद्वारा बीमा रकम हस्तान्तरण


बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मीदेबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मीदेबि सुनारको श्रीमान भक्तबहादुर सुनारको मृत्यु दावी वापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । 

सुनारलाई सदस्य–अभिभावक कर्जा बीमा अन्तर्गत उक्त बीमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधाराचाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मेरोमाइक्रोफानान्स लघुबित्त बित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्णप्रसाद उप्रेती र दोधाराचाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्तबहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बीमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मिदेबि मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधाराचाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध  छिन् ।
 

All financial information at your fingeritps.

शेयर गर्नुहोस