मल्टीपर्पस फाइनान्सले भदौ १० देखि हकप्रद निष्काशन गर्ने


बैंक खबर । मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर बिक्री निष्काशन गर्ने भएको छ । फाइनान्सले चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । फाइनान्सले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद निष्काशन गर्नेछ । फाइनान्सका सेयरधनीले एक सय कित्ता सेयर बराबर ३५ कित्ताका दरले हकप्रद किन्न पाउनेछन् । 

हकप्रद निष्काशन प्रयोजनका लागि फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो । यो आधारमा साउन ११ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर किन्न आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रद बिक्रीबाट संकलन भएको रकममध्ये फाइनान्सले दुई करोड रुपैयाँ अनिवार्य तरलता अनुपात कायम गर्न उपयोग गर्नेछ भने तीन करोड ८२ लाख कर्जा प्रवाह गर्ने, दुई करोडको शाखा विस्तार गर्ने र आठ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने योजना बनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस