बरामद सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम


अर्थतन्त्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । 

तर आज मंगलबार सो सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस