थप पाँच कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स


बैंक खबर । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स प्रदान गरेको छ । बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले ५ वटा कम्पनीलाई धितोपत्र कारोबारको स्वीकृती दिएको हो ।

नयाँ लाइसेन्स पाउनेमा सिमित कार्य गर्ने गरी सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, पूर्ण कार्य गर्ने गरी हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज छन । 

धितोपत्र कारोबार गर्न लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीको संख्या ३७ पुगेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस