नेप्सेले दियो थप ११ ब्रोकर कम्पनीलाई सदस्यता


बैंक खबर ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्न स्वीकृति दिएको छ । नेप्सेले मंगलबार नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको हो । 

यससँगै नेप्सेमा कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीको संख्या २८ पुगेको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरू सीमित कार्य गर्ने कम्पनी हुन् । नेप्सेले यसअघि असार २१ गते सातवटा, साउन १२ गते सातवटा र साउन १९ गते तीनवटा नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो ।

मंगलबार सदस्यता पाउने कम्पनीहरूमा गरिमा सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, इन्दिरा सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, स्टक्स्कार्टस सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज र ब्लुचिप सेक्युरिटिज रहेका छन् । यससँगै अब नेप्सेबाट सदस्यता प्राप्त गर्ने ब्रोकर संख्या ७८ पुगेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस