सानिमा बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने बैंकको खबर १२ महिना पहिले बैंक खबर । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकले कात्तिक २ गते बिहीबार बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौंमा १९ औँ वार्षिक साधारणसभा डाकेको हो । साधारणसभाले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजन सहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यससँगै सेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघिल्लो दिनसम्म कारोबार भई सेयर खरिद गरेका सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । All financial information at your fingeritps. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले