अमेरिकामा टर्यो सरकार सटडाउनको संकट


अर्थतन्त्र । अमेरिकमा ‘सटडाउन’को संकट टरेको छ । अमेरिकी संसदको दुवै सदनमा सहमति भएपछि हाललाई सटडाउनको संकट टरेको हो । 

दुवै सदनले नभेम्बरसम्म सरकारी कामकाजका लागि आवश्यक पर्ने खर्चका लागि रकम स्वीकृत गरेका हुन् । यो रकममा युक्रेनलाई नयाँ सहायता दिने भन्ने विषय सहमत छैन । 

सिनेटमा ल्याइएको विधेयकमा ८८ मत प्राप्त भएको थियो । यसपछि सरकारका लागि ४५ दिनका लागि जरुरी खर्च गर्न बाटो खुलेको हो । संसदबाट पास भएको विधेयकमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् । 

विधेयक पास नभएको भए अमेरिकामा सटडाउन हुने अवस्था थियो । ‘गभर्मेन्ट सटडाउन’ भएको भए ३३ लाख कर्मचारीको तलब रोकिने सम्भावना थियो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस