पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


अर्थतन्त्र । चौतर्फी आलोचना भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वको मुखमा मूल्य बढाउँदा जनतालाई मार पर्ने भन्दै मूल्यवृद्धि लागू नगर्न निर्देशन दिएका थिए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मूल्यवृद्धि हाललाई फिर्ता लिइएको जानकारी दिए । 

सर्वसाधारणले खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका थिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले खनापकाउने एलपीजी ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपैयाँ, पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ बढाएको थियो । 

All finanical information at your fingeritps.

शेयर गर्नुहोस