सुनको भाउमा अर्को नयाँ रेकर्ड, एकैदिन १८००ले बढ्यो मूल्य


बैंक खबर । शुक्रबार सुनको भाउ प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो मूल्य कायम भएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ पुुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस