सुनको मूल्यले बनायो नयाँ रेकर्ड


अर्थतन्त्र । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाएको छ । आइतबार पनि सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ किर्तीमानी मूल्य बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

गत शुक्रबार पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी १ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो। 

All financial information at your fingeretips.

शेयर गर्नुहोस