घट्यो सेयर बजार 


बैंक खबर । बुधबार पनि सेयर बजारमा नेप्से परिसूचक घटेको छ । मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक बुधबार भने पाँच दशमलव ८३ अङ्कले मात्रै घटेको छ । 

नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । कारोबारमा आएका दुई सय ३८ कम्पनीमध्ये १६२ वटाको सेयरमूल्य घटेको छ । ६८ वटाको बढेको छ भने ८ वटाको स्थिर रहेको छ । 

यसदिन ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ बराबरको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताले ९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । बजार पुँजीकरण २८ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ ।
      
लगानी बाहेक सबै उपसमूह घटेका छन् । लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएक सयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६० लाख दुई हजार दुई सय २५ रुपैयाँ बराबरको छ लाख १६ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस