उन्नती सहकार्य लघुवित्तको एफपीओ खुल्यो


बैंक खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कात्तिक २१ गते)देखि थप सार्वजनिक निष्कासन (एफपीओ) विक्री खुला गरेको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था बमोजिम एफपीओ जारी गरेको हो । 

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गभिएर बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २३.५५ प्रतिशत रहेको थियो । यसर्थ ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण तर्फ कायम गर्न कम्पनीले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । 

प्रतिसेयर एक सय रूपैयाँ अंकित मूल्यमा कम्पनीले एफपीओ जारी गरेको हो । यो एफपीओ छिटोमा कात्तिक २४ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन अवधि लम्बिने छ । 

खरीदकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

 

All financial information at your fingertips.

शेयर गर्नुहोस