सामान्य बढ्यो सेयरबजार, कारोबार रकम घट्यो


बैंक खबर । सेयरबजारमा बुधबार नेप्से परिसूचक समान्य बढेर बन्द भएको छ ।  नेप्से ५.१७ अंकले बढेर एक हजार आठ सय ६३.९४ को विन्दुमा कायम भएको छ । 

कारोबारमा आएका २३९ कम्पनीको सेयरमध्ये १२४ वटाको मूल्य बढेको छ । बजार हरियो भएपनि ९३ कम्पनीका सेयरधनीले गुमाएका छन भने २२ वटाको मूल्य स्थिर रहेको छ ।

यसदिन ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ८ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २८ खर्ब ७१ अर्ब रुपैयाँमा कायम भएको छ । 

बुधबारको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आठ दशमलव ०७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य छ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा आधारमा सबैभन्दा धेरै सोनापुर सिमेन्टको पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंकको संस्थापक सेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस