समता घरेलु लघुवित्तको लाभांश घोषणा


बैंक खबर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफबाट लाभांश घोषणागरेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ५.७०७६ प्रतिशत (दुई करोड २४ लाख ९६ हजार नौ सय १६ रुपैयाँ ९८ पैसा० लाभांश वितरण गर्ने भएको हो । 

प्रस्तावित लाभांशमध्ये ५.४२२२ प्रतिशत (दुई करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ ५ पैसा) बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत (११ लाख २४ हजार ८ सय ४५ रुपैयाँ ८४ पैसा) नगद लाभांश वितरण गर्नेछ ।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस