गुराँस लघुवित्तले पुस १८ गते वार्षिक साधारणसभा गर्ने


बैंक खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले पुस १८ गते ८औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले सो दिन धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार स्थित भेडेटार भिलेज रिसोर्टमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तले साधारणसभा प्रयोजनका लागि पुस ४ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । पुस ३ गतेसम्म दोस्रो बजारमा कारोबार भइ कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । 

All financial information at your fingeritps.

शेयर गर्नुहोस