सिन्धु विकास बैंकको डेपुटी सीईओमा गणेशकुमार केसी नियुक्त


बैंक खबर । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको ४०९औँ बैठकले २०८० पुस १ गतेदेखि लागू हुनेगरी केसीलाई डेपुटी सीईओमा नियुक्ती गरेको हो । 

केसीसँग बैंक तथा वित्तीय संस्थामा करिब २० वर्ष भन्दा बढी काम गरेको अनुभव छ । केसीसँग मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र कुमारी बैंकको आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको भूमीकामा काम गरेको अनुभव छ । केसी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । 

All financial information at your fingrtips.

शेयर गर्नुहोस