छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा सम्पन्न


बैंक खबर । छिमेक लघुवित्त वित्तीय उसंस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा हेटौंडाको होटल सामनामा चैत १० गते सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । 

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद नाफा गरेको छ ।

साधारणसभाले अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुर्याउने निर्णय समेत गरेको छ । 

वित्तीय संस्थाले ६९ जिल्लामा १९५ शाखा मार्फत ४ लाख २७ हजार १७३ महिला सदस्यलाई लघुवित्त सेवा दिइरहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस