हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंक खबर । हिमालयन रि इन्स्योरेन्सले मंसिर २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिसेर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर निष्काशन गरेको हो।

कुल ३ करोड कित्तामध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ । भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिसकेको छ। त्यसैगरी, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर बाँडफाँट गरिसकेको छ। कम्पनीले सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

All financial information at your fingertips.

शेयर गर्नुहोस