सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर


बैंक खबर । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित सो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस