हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा होला कारोबार ?


बीमा खबर । हिमालयन रि इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। इन्स्योरेन्सको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले सेयर कारोबार संकेत ‘एचआरएल’ पाएको छ । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । 

इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि दोस्रोबजारमा कारोबार सुरु हुनेछ। इन्स्योरेन्सले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाएको छ ।

इन्स्योरेन्सको आरटीएस सेवा एनएमबि क्यापिटलले गर्नेछ । इन्स्योरेन्सको आईपीओ गत पुस ११ गते बाँडफाँट गरिएको थियो। इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो।

All financial information at your fingertips.

शेयर गर्नुहोस