रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बीमा खबर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । यस्तै बोनस सेयरको कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस