हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने


बीमा खबर । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

घोषणा गरेको लाभांशमध्ये चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस