काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको २ हजारले बढेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ ।

Leave a comment