महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-३ मालिवारा बजारबाट स्रोत नखुलेको १ लाख १७ हजार ६ सय ५० नेपाली रूपैयाँ र १ लाख ११ हजार ३ सय ५० भारतीय रूपैयाँ सहित सोही नगरपालिका-६ बासोपट्टी बस्ने ५५ वर्षीय अरूण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a comment