Home बैंक वित्त जीवन विकास लघुवित्त र कर्जा सुरक्षण कोषबीच सम्झौता
बैंक वित्तलघुवित्त

जीवन विकास लघुवित्त र कर्जा सुरक्षण कोषबीच सम्झौता

Share
Share

२०८१ कात्तिक २९ गते बिहीबार ।

बैंकको खबर । जीवन विकास लघुवित्त वित्तीय संस्था र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । 

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लघुवित्तले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति बीस लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ । 

“यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय नियुक्त

बैंकको खबर । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies