महुली लघुवित्तलाई एफपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृती

२०८१ मंसिर १८ गते मंगलबार ।
बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ । महुलीले चार लाख ७५ हजार ४४९.१५ कित्ता १०० रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
All banking information at your fingertips.