मेरो माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनस सेयर साधारणसभाबाट पारित

२०८१ माघ ४ गते शुक्रबार ।
बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ। लघुवित्तका सञ्चालक समिति अध्यक्ष कल्याण बिक्रम पाण्डेको सभापतित्वमा सम्पन्न साधारणसभाले ७.५० प्रतिशत बोनस सेयर पारित गरिएको छ ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
नुवाकोटको बट्टारमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण समुहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्रीप्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
All banking information at your fingertips.