बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२०८१ माघ २३ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज पनि ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार हुन नसकेपछि राष्ट्र बैंकले लगातार पैसा तानेर व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्र बैंकले २० दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत सो पैसा तान्न लागेको हो ।
माघ २३ गते निष्काशन हुने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी फागुन १३ गते हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
All banking information at your fingertips.