सेन्ट्रल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा

२०८२ वैशाख १४ गते आइतबार ।
बैंकको खबर । सेन्टरल फाइनान्सले २०८२ जेठ ४ गते २८औँ वार्षिक साधारणसभा बोलाएको छ ।
फाइनान्स सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले सो दिन बिहान १० बजे फाइनान्सको केन्द्रीय कार्यालय ललितपुरमा साधारणसभा बोलाउने निर्णय गरेको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै लेखापरीक्षाको प्रतिवेदन, गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण पारित गर्नेछ ।
यसैगरी आर्थिक वर्ष २०८१/८२को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले यही वैशाख २२ गते सेयर नामसारी, दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । यसको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन् ।
All banking information at your fingertips.