राष्ट्रियसभाबाट संशोधन भएको बैंकिङ कसूरसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रियसभाबाट संशोधन भएको बैंकिङ कसूरसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

२०८२ वैशाख १४ गते आइतबार । 

बैंकको खबर । बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले ‘‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । 

राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताए । 


शेयर गर्नुहोस