बैंकिङ प्रणालीमा तीन अर्ब ८४ करोड पठाउँदै राष्ट्र बैंक
२०८२ वैशाख १५ गते सोमबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले मे १७, २०२५ देखि मे १७, २०२६सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा विभिन्न कोषमा रहेको रकम लगानी गर्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजसहित वैशाख १७ गते राती १२ बजेभित्र प्रस्ताव पेस गर्न सक्नेछन् ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरको विकास बैंकमा ५७ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख रुपैयाँ निक्षेप राख्ने भएको छ ।
निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले तोकिएको शर्तहरु भने पुरा गरेको हुनुपर्नेछ ।