जीवन विकास लघुवित्तमा कर्मचारी आवश्यकता

२०८२ वैशाख १७ गते बुधबार ।
बैंकको खबर । जीवन विकास लघुवित्तले ठूलो संख्यामा कर्मचार माग गरेको छ । जीवन विकास नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्त हो ।
लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ५० जना र सहायक प्रशिक्षार्थी पदमा २५ जना कर्मचारी मागेको हो ।
लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कम्तिमा १०+२ वा सो सरह उत्तिर्ण भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै सहायक प्रशिक्षार्थी पदमा १०+२ वा सो सरह उत्तिर्ण भएको र आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
आवेदन वैशाख ३१ गतेसम्म दिन सकिने लघुवित्तले जनाएको छ ।