भारतले आईएमएफ बोर्डबाट आफ्नो कार्यकारी निर्देशक डा. कृष्णमूर्तिलाई हटायो

२०८२ वैशाख २१ गते आइतबार ।
नयाँदिल्ली । भारत सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा भारतको कार्यकारी निर्देशकको रूपमा डा. कृष्णमूर्ति सुब्रमण्यमको सेवा तत्काल लागू हुने गरी खारेज गरेको छ।
कृष्णमूर्तिको तीन वर्षे कार्यकाल समाप्त हुनुभन्दा ६ महिना अगाडि, ३० अप्रिल २०२५ मा भारतले यो निर्णय लिएको थियो ।
मे २ सम्म आईएमएफको आधिकारिक वेबसाइटमा कार्यकारी निर्देशकको रूपमा डा. सुब्रमण्यमको नाम उल्लेख थियो, तर मे ३ देखि यो पदमा उनको नाम हटाइएको छ ।
सुब्रमण्यमलाई अगस्ट २०२२ मा आईएमएफ बोर्डमा कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको थियो। त्यसअघि उनी २०१८ देखि २०२१ सम्म भारत सरकारको १७ औँ प्रमुख आर्थिक सल्लाहकार थिए।
मन्त्रिपरिषद्को नियुक्ति समितिले अप्रिल ३० मा जारी गरेको आदेशमा कृष्णमूर्तिको सेवा तत्काल लागू हुने गरी समाप्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ।
भारत सरकारले यसको पछाडि कुनै आधिकारिक कारण भने दिएको छैन।