गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

२०८२ वैशाख २१ गते आइतबार ।
बैंकको खबर । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।
फाइनानसको वैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ इवाहाङको कार्यकाल वैशाख २१ गतेबाट लागू भएको फाइनान्सले जनाएको छ ।