कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीमा थुप्रियो तरलता, राष्ट्र बैंकले ५० अर्ब तान्दै

कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीमा थुप्रियो तरलता, राष्ट्र बैंकले ५० अर्ब तान्दै

२०८२ वैशाख २१ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने भएको छ । 

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरेर आज बैंक तथा वित्तीय संस्थाहरुबाट २१ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । 

निक्षेप दिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

सो निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी जेठ ११ गते हुनेछ । 

निक्षेपको ब्याजदर भने बोलकबोल बाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ । 

 बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकमसम्म माग गर्न सक्नेछन् । 

यसअघि वैशाख १७ गते पनि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तान्न माग गरेको थियो । त्यसदिन बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप राख्न आवेदन दिएका थिए । जसेको औसत ब्याजदर २.८५ प्रतिशत निर्धारण भएको थियो । 


शेयर गर्नुहोस