मेरो माइक्रोफाइनान्सले दियो कर्मचारीलाई क्षमता अभिवृद्धि प्रशिक्षण

मेरो माइक्रोफाइनान्सले दियो कर्मचारीलाई क्षमता अभिवृद्धि प्रशिक्षण

२०८२ वैशाख २३ गते मंगलबार । 

बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम दिएको छ । 

बाँके जिल्लामा सम्पन्न भएको सो कार्यक्रममा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत ८६ जना कर्मचारीहरुलाई २ दिने प्रशिक्षण दिएको हो ।
 

तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाब तथा गुनासो सम्बोधन गर्दै वर्तमान अवस्थामा फिल्डमा कर्मचारीहरुको असिमित तनाव चरम उत्कर्षमा रहेको तथा सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यस तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । 

सो तालिम अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, श्रवणकुमार सपोर्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको पनि उपस्थिति थियो ।

देशभरका आफ्ना कर्मचारीहरुलाई दक्ष र कार्य सम्पादनमा सहयोग पुगोस् भनेर वैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको लघुवित्तले जनाएको छ ।


शेयर गर्नुहोस