निर्जीवन बीमा कम्पनीहरुले १० महिनामा गरे ३५ अर्ब ८६ करोडको ब्यापार

निर्जीवन बीमा कम्पनीहरुले १० महिनामा गरे ३५ अर्ब ८६ करोडको ब्यापार

२०८२ जेठ १७ गते शनिबार । 

बीमा खबर । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थक वर्षको १० महिना (साउन देखि वैशाख)सम्म ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय (बीमा शुल्क संकलन) गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४६ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३३ अर्ब छ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँको ब्यापार गरेका छन् । चारवटा लघु निर्जीवन बीमा कम्पनीले भने ७६ करोड ६९ लाख रुपैयाँको व्यवसाय गरेका छन् । 

१४ वटा निर्जीवन बीमा कम्पनीको ब्यापार एक वर्ष अघिको तुलनामा ६.७६ प्रतिशतले बढेको छ भने लघु निर्जीवन बीमाको ब्यापार २९५ प्रतिशतले बढेको छ ।

यसअवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चार अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ९२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमाशुलक आर्जन गरेको छ । 

१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १० वटा कम्पनीको बीमा शुल्क संकलन बढेको छ भने ४ वटाको घटेको छ । सबैभन्दा धेरै दी ओरियन्टल इन्स्योरेन्सको ३७ दशमलब ११ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको १३ दशमलब ११ प्रतिशतले घटेको छ ।


शेयर गर्नुहोस