नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित
२०८२ जेठ २१ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । उनी जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् ।
२०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।
यस अघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए।