सुनको मूल्य प्रतितोला ३००० रुपैयाँ घट्यो

सुनको मूल्य प्रतितोला ३००० रुपैयाँ घट्यो

२०८२ जेठ २५ गते आइतबार ।

काठमाडौं । नेपाली बजारमा आज (जेठ २५ गते) सुनको मूल्य प्रति तोला ३००० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । 


शेयर गर्नुहोस