ग्लोबल आइएमई क्यापिटलले ‘ग्लोबल आइएमई समुन्नत योजना २’ निष्काशन गर्दै

ग्लोबल आइएमई क्यापिटलले ‘ग्लोबल आइएमई समुन्नत योजना २’ निष्काशन गर्दै

२०८२ असार १ गते आइतबार । 

बैंकको खबर । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ सार्वजनिक निष्काशन गर्ने भएको छ । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये १.५० प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले र १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पुँजीको रुपमा राख्नेछ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री हुनेछ ।

यो योजनामा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने छन्।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतियको यो योजना ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ । 


योजनाको इकाई खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै इकाई बिक्री नभएमा बिक्री निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ । 

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 


शेयर गर्नुहोस