सेयरबजार झिनो अंकले बढ्यो

सेयरबजार झिनो अंकले बढ्यो

२०८२ असार १ गते आइतबार । 

सेयर खबर । असार महिनाको पहिलो कारोबार दिन आज सेयरबजार झिनो अंकले बढेको छ । नेप्से ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा कायम भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १५७ वटाको सेयरमूल्य घटेको छ । बाँकी ९० कम्पनीको सेयरमूल्य भने बढेको छ । 

परिसूचक सामान्य रहेको भएपनि कारोबार भने उच्च भएको छ । ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भएको छ । 

आजको कारोबारमा विकास बैंक समूह ०.४८, जलविद्युत् ०.९६, उत्पादन तथा प्रशोधन १.४७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । 

वाणिज्य बैंकहरुको कारोबार मापन गर्ने बैंकिङ समूह ०.४४ प्रतिशत, फाइनान्स ०.५९, होटल तथा पर्यटन ०.०६, लगानी ०.७६ र जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त ०.३१, म्यचुअल फण्ड ०.४१ र अन्य समूह ०.४६ प्रतिशतले घटेका छन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर लिमिटेडको ८९ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


शेयर गर्नुहोस