सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति?

२०८२ असार २ गते सोमबार ।
काठमाडौं । देशका सबै सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक आय–व्यय अनुमान (बजेट) सार्वजनिक गरेका छन् । असार १ गतेसम्म सबै प्रदेशले बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानबमोजिम सबै प्रदेशले हिजो बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई अधिकांश प्रदेशले स्रोतको रूपमा देखाएका छन् भने गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याउँदै आन्तरिक ऋण उठाउने घोषणा गरेका छन् ।
कोशी प्रदेश : ३५ अर्ब ८८ करोड
कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
- चालु खर्चः १८ अर्ब ६७ करोड (५२%)
- पुँजीगत खर्चः १७ अर्ब १० करोड (४७.७%)
- वित्तीय व्यवस्थातर्फः १० करोड
- स्रोतः संघीय अनुदान, आन्तरिक राजस्व (५ अर्ब ५० करोड), गत वर्षको बचत
मधेस प्रदेश : ४६ अर्ब ५८ करोड
मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
- चालु खर्चः १६ अर्ब ७२ करोड (३५.८९%)
- पुँजीगत खर्चः ३० अर्ब २६ करोड (६४.११%)
- आन्तरिक ऋणः २ अर्ब
- स्रोतः संघीय अनुदान १२ अर्ब ७३ करोड, आन्तरिक राजस्व ९ अर्ब ५० करोड, गत वर्षको मौज्दात
बागमती प्रदेश : ६७ अर्ब ४७ करोड
बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो छ – ६७ अर्ब ४७ करोड रुपैयाँ ।
- चालु खर्चः २६ अर्ब ४ करोड (३८.६०%)
- पुँजीगत खर्चः ४१ अर्ब ४३ करोड (६१.४०%)
- स्रोतः कर राजस्व २८ अर्ब ८७ करोड, संघीय अनुदान, बचत र विविध प्राप्ति
गण्डकी प्रदेश : ३१ अर्ब ९८ करोड
गण्डकीले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
- चालु खर्चः १२ अर्ब ६३ करोड (३९.५%)
- पुँजीगत खर्चः १९ अर्ब ९ करोड (५९.७%)
- आन्तरिक ऋणः १ अर्ब ७५ करोड
- स्रोतः संघीय अनुदान, आन्तरिक राजस्व (५ अर्ब ४५ करोड), नगद मौज्दात
लुम्बिनी प्रदेश : ३८ अर्ब ९१ करोड
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
- चालु खर्चः १२ अर्ब १ करोड (३०.८८%)
- पुँजीगत खर्चः २३ अर्ब ४७ करोड (६०.३२%)
- वित्तीय हस्तान्तरणः ३ अर्ब ४२ करोड
- स्रोतः आन्तरिक राजस्व ७ अर्ब ७८ करोड, संघीय सहायता, गत वर्षको मौज्दात
कर्णाली प्रदेश : ३२ अर्ब ९९ करोड
प्रतिपक्षी दलको अवरोधका कारण आइतबार मध्यरातमा बजेट पेस भएको कर्णाली प्रदेशले आगामी वर्षका लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
- चालु खर्चः ७ अर्ब ७९ करोड (२३.६४%)
- पुँजीगत खर्चः १९ अर्ब ९८ करोड (६०.५५%)
- वित्तीय हस्तान्तरणः ४ अर्ब ५९ करोड
- स्रोतः आन्तरिक आयबाट ९६ करोड, संघीय अनुदान र बाँडफाँट तथा गत वर्षको बचत रकम समावेश
सुदूरपश्चिम प्रदेश: ३३ अर्ब ४७ करोड
सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
- चालु खर्चः १० अर्ब २० करोड (३०.४९%)
- पुँजीगत खर्चः १९ अर्ब ८३ करोड (५९.२५%)
- वित्तीय हस्तान्तरणः ३ अर्ब ४२ करोड
- स्रोतः आन्तरिक राजस्व १ अर्ब ६५ करोड, संघीय अनुदान र गत वर्षको बचत
सातवटै प्रदेशले आ–आफ्ना आवश्यकता र उपलब्ध स्रोतअनुसार बजेट तयार गरेका छन्। कतिपयले घाटा बजेट ल्याई आन्तरिक ऋण उठाउने घोषणा गरेका छन् भने सबैले संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा गत वर्षको बचत रकमलाई प्रमुख स्रोत मानेका छन् ।
सबै प्रदेशको कुल बजेट आकार हेर्दा बागमती सबैभन्दा अगाडि र गण्डकी प्रदेश सबैभन्दा सानो बजेट विनियोजन गर्ने प्रदेश बनेको छ।