युनाइटेड अजोड इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

युनाइटेड अजोड इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

२०८२ असार ५ गते बिहीबार । 

बैंकको खबर । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । 

इन्स्योरन्सको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 


शेयर गर्नुहोस